आजको प्रतिनिधिसभा बैठकमा अन्तरसम्बन्ध व्यवस्थापनसहित ७ वटा विधेयक पेस हुने

राजनीति
SHARE:

संघीय संसदअन्तरगत प्रतिनिधिसभाको बैठक आज दिउँसो एक बजे बस्दैछ ।

आजको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री र मन्त्रीहरूले विभिन्न विधेयकहरू छलफल तथा पारितका लागि प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ’संघ, प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक विचार गरियोस्’ भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची छ । त्यसैगरी उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले संशोधित सैनिक विधेयक विचारका लागि प्रस्ताव गर्दै हुनुहन्छ ।
संघीय संसद सचिवालयका अनुसार अर्थ एवं सञ्चार सूचना तथा प्रविधिमन्त्री युवराज खतिवडाले नेपाल राष्ट्र बैंक तेस्रो संशोधन विधयक, धितोपत्रसम्बन्धी पहिलो संशोधन विधेयक विचारका लागि पेस गर्ने सम्भावित कार्यसूची समेत रहेकाे छ ।

अर्थमन्त्री खतिवडाले अर्थसमितिको प्रतिवेदनसहितको नागरिक लगानी कोषको संशोधित विधेयक पारितका लागि प्रस्ताव गर्नुहुनेछ ।

यसैगरी आजको बैठकमा भौतिक पूर्वाधार तथा यातायात एवं शहरी विकासमन्त्री वसन्तकुमार नेम्वाङले नेपाल इन्जिनियरिङ परिषद्को संशोधित विधेयक दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव गर्ने समेत बुझिएको छ ।

प्रतिक्रिया:

Leave a Reply

Your email address will not be published. Required fields are marked *