सहिदका छाेरा रतन तिरुवा जस्ले प्रचण्डलाई जुत्ताले हाने

राजनीति
SHARE:

पुर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि राष्ट्रियसभामा जुत्ता प्रहार भएको छ । यद्यपि उनलाई लागेन ।

नेकपा नेता भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा संबोधन गरेर सिटमा फर्किने क्रममा दर्शकदीर्घाबाट उनलाई ताकेर जुत्ता प्रहार भएको हो । तर जुत्ता मञ्चसम्म नपुगेकाे बताइएको छ । जुत्ता प्रहार गर्ने व्यक्तिलाई सुरक्षाकर्मीले नियन्‍त्रणमा लिएको छ ।

जुत्ता प्रहार गर्ने आफ्नै दल नेकपा समर्थित जुम्लाका कार्यकर्ता २२ वर्षीय रतन तिरुवा भएको बताइएको छ । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनी माथि थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएको छ ।

प्रतिक्रिया:

Leave a Reply

Your email address will not be published. Required fields are marked *