SHARE:
बुधबार अविरल वर्षा कारण गएको पहिरोले ललितपुरको बागमती गाउँपालिकाको वडा नं ५ इकुडोल सानाचिलामा एक घर पुरिएको कुरा त्यस घरमा बस्ने जयराम बजगाईले बताउनु भयो । बजगाईका अनुसार केशव तिमल्सिनाको घर पुरेको हो । राती खाना खाना खाएर सुत्ने तरखर गर्दा पहिरो गयको थियो । पहिरो जाला जस्तो संखै नभयको ठाउमा पहिरो गयको जानकारी दिनुभयो ।
उक्त घटनामा घर पुर्दा मानवीय क्षेती भने नभएको सबै सकुशल सकुशल रहेको र उनीहरु सुरक्षित स्थानतर्फ लगिएको वडाध्यक्ष ले बताए। बेलुका देखि परेको भीषण वर्षाका कारण इकुडोल लगायतका बस्तीहरु उच्च जोखिममा परेका छन्।
अधिकांश स्थानमा नयाँ सडक निर्माणका कारणले पहिरो जाँदा मानव बस्तीहरु उच्च जोखिममा पर्ने गरेका छन्।
प्रतिक्रिया: