विद्यालयमा दिइने दण्डको सही समाधान कसरी गर्ने

शिक्षा
SHARE:

नवराज क्षितिज । दण्ड भन्नेबितिकै हाम्रो दिमागमा लौरो, पिटाई, थप्पड, हत्कडी आदि आउँछ । गृहकार्य नगरेको विद्यार्थीले पिटाई खानु, भनेको  नमान्दा थप्पड भेट्नु वा अपराधीलाई हत्कडी लगाएर जेल लैजानु आदिले दण्डाई बुझाउँदै आएको छ । मूलत ः यसको रुप शारीरिक हुन्छ भनिन्छ तर दण्ड शारीरिक मात्र हुदैन मानसिक पनि हुन्छ । गालीगलौच, मानहानी, डर, त्रास धम्कीअन्तर्गत पर्दछन् ।

दण्ड अपराध वा कसुर गर्नेले पाउने नतिजा हो । हामीले बुभ्mनुपर्ने कुरा के हो भने कहिलेकाही बिना कसुर पनि मानिसहरुले मानसिक दण्ड पाउने गरेका छन् । त्यसो त केही देशहरुमा फाँसी दण्डको विधान पनि निर्माण गरिएको छ । यहा उठाउन खोजीएको कुरा न मानसिक दण्डको हो न त शारीरिक दण्डको नै । यहाँ उठाउन खोजीएको कुरा त दण्डको सही समाधान वा दण्ड अन्त्यको हो । त्यसमा पनि विद्यालयमा दिइने दण्ड र त्यसको सही समाधान कसरी गर्ने भन्ने हो ।

पुरस्कारले विद्यार्थीको मनोबललाई बढाउछ भने दण्डले त्रास जन्माउँछ । फलतः ऊ बाध्यताले मात्र आप्mनो जिम्मेवारी पूरा गर्छ । विद्यालयमा गृहकार्य वा भनेको नमान्दा विद्यार्थी प्राय दण्डको भागिदार हुन्छन् । त्यस्तै घरमा आमाबुबाले भनेको नमान्दा पनि उनीहरुले शारीरिक वा मानसिक दण्ड पाउने गर्दछन् र उनीहरु अभिभावक र शिक्षकहरुबाट टाढिन खोज्छन् । त्यसो भए के नानीबाबु सुधार्ने उत्तम उपाय दण्ड हो त ? पक्कै पनि होइन । दण्ड केही क्षणको लागि रिस पोख्ने वा काममा लगाउने उपाय होला परन्तु यसले लामो समयसम्म राम्रो नतिजा दिन सक्तैन । त्यसैले दण्डको समाधान दण्डको अन्त्य नै पुरस्कारको व्यवस्था हो । आप्mना नानीबाबु के गर्दा  खुसी हुन्छन् । विद्यार्थीहरु कस्ता शैक्षिक क्रियाकलापमा रमाउछन् ? यस्ता कुरामा अभिभावक तथा शिक्षकहरुले ध्यान पु¥याउनु पर्छ । एक लौरो ठोक्दैमा वा एक थप्पड हान्दैमा न त उनीहरु सुध्रिन्छन् न त त्यो सदाको सही समाधान नै हो । यदि हामी हाम्रा नानीबाबु वा विद्यार्थीलाई शारीरिक वा मानसिक दण्ड दिदैछौ भने हामी ठूलो गल्ती गदैछौ । बालबालिका भनेका काचो माटो हुन् । तिनलाई हामी जस्तो आकारमा ढाल्न प्रयन्त गछौं ती त्यस्तै बन्छन् ।

दण्डभन्दा पनि राम्रो काम गर्दा पुरस्कारको व्यवस्था गर्ने वा नराम्रो गर्दा त्यसबाट हुने सम्भावित हानी नोक्सानीको बारेमा ज्ञान दिनाले पनि उनीहरु दण्डको सिकारबाट बच्न सक्छन् । सिकाइ क्रियाकलापमा यस्ता प्रक्रियाहरु सधैं गरौं, जसले दण्डलाई टाढा हटाओस । हुन त धेरै शिक्षाविद् तथा मनोबैज्ञानिकहरुले दण्डलाई एउटा क्रुर खेलको रुपमा पनि परिभाषित गरेका छन् । यति हुँदाहुँदै पनि विद्यालयहरुमा दण्डलाई एउटा शैक्षिक नीतिकै रुपमा स्वीकारेको पाइनुले बुझिन्छ नेपालमा अझै पनि दण्डको विकराल अवस्था छदै नै छ । सिकाइको प्राकृतिक सिद्धान्तअनुसार पनि विद्यार्थीले स्वतस्पूmर्त सिक्न पाउनु पर्ने हो तर शिक्षक र विद्यालयको चौघेराको नियम तोड्न नसक्दा ऊ एकातिर कुण्ठित हुन पुग्छ भने अर्काेतिर उसले आप्mनो स्वतन्त्रता गुमाउछ । यहा नियम तोड्नुको अर्थ छाडा हुन पाउनु वा बेप्रवाह डुल्न पाउनु पर्छ भन्नेचाही पक्कै होइन । नियमित विद्यार्थीलाई पुरस्कृत गर्ने, सम्मान गर्ने, स्वाबासी दिने र अरुले पनि यस्तै राम्रो काम गर्न सक्छौ. भनेर प्रोत्साहन र प्रेरणा दिने हो भने पनि दण्डको अन्त्यको हुनसक्छ । यति मात्र हैन दण्ड नदिई पढाउने शिक्षकबाट पनि अन्य शिक्षकहरुले सिक्ने हो भने दण्डको अन्त्य हुनसक्छ ।

२१ औं शताब्दीको शिक्षा प्रणाली मूलत ः बैज्ञानिक र व्यबहारिक साथै प्राविधिक भएकाले पनि यसलाई दण्डको घेरामा कोच्नुभन्दा प्रयोगशाला विधिमार्फत अगाडी लैजानु पर्छ । जहा विद्यार्थीले दण्ड होइन हरेक सिकाइबाट अनुसन्धान र आविस्कार मात्र सिक्छ भने दण्डको उसलाई आवश्यकतासमेत पर्दैन । विभिन्न सर्वेक्षणले देखाएको नतिजाअनुसार दण्डबाट भन्दा पुरस्कार विधिबाट र मायाले नै विद्यार्थीहरुले राम्रो सफलता प्राप्त गर्न सफल भएका छन् । विद्यार्थीलाई कुखरा बनाएर राख्ने, नाङ्गै बनाउने वा आमाबुबाको विषय लिई कडा आलोचना गर्दा विद्यार्थीले नयाँ कुरा सिक्ने भन्दा पनि ऊ भित्र प्रतिहिंसा वा इगोको भाव बढ्न गई गलत निर्णय लिन जान्छ र जसका कारण परिबार, विद्यालय एवम् समाजलाई नै नकारात्मक असर पु¥याउँछ । त्यसैले अहिलेको शिक्षा प्रणालीअनुसार दण्ड समस्याको समाधान गर्ने माध्यम हुन सक्दैन । यो त एकछिनको रोष वा आवेग प्रकट गर्ने तरिका मात्र हुन्छ । अत, घरपरिवार, विद्यालय तथा अन्य शैक्षिक सस्थाहरुमा आजैदेखी दण्डरहित वातावरण सिर्जना गर्दै सवल समाज निर्माणार्थ बालबालिकाहरुकलाई प्रेरणा दिने अभियानमा लागौं । समाजलाई दण्ड एवम् भयरहित बनाउदै समृद्ध शैक्षिक प्रणालीको विकास गर्न सकेमा आगामी पुस्ताले पक्कै देशका .लागि खास योगदान पु¥याउन सक्छ ।

प्रतिक्रिया:

Leave a Reply

Your email address will not be published. Required fields are marked *