अनुप घिमिरेकाे मुक्तक तथा गजलहरू

शाहित्य/कला
SHARE:
अनुप घिमिरेकाे मुक्तक तथा गजलहरू
गजल
स्वागत नया बर्ष लाई
फाटेका ति मनहरु जोड्दै आओस नयाँ बर्ष !
दूःख लुक्ने पहाडहरु फोड्दै आओस नयाँ बर्ष !
जीन्दगीको यात्रामा कति आए दोबाटो
बिछोडिने बाटो पनि मोड्दै आओस नयाँ बर्ष !
सधैँ खुसी हून्न जिवन थाहा छ तर पनि
आँशू रुपि भेल परै छोड्दै आओस नयाँ बर्ष !
#happynewyear2078
गजल
सधैं भरी तिमी हराएर कहाँ हुन्छ
भन आज मनको कुरा डराएर कहाँ हुन्छ।।
अहिल्यै आँटम प्रिय जे होला होला
पछि त तिमी कराएर कहाँ हुन्छ।।
भन्छन् सबैले क्या मिलेको जोडि रैछ
मन यता तन उता सराएर कहाँ हुन्छ।।
झन् टाढा मायाँ गाढा भन्छन् हेर सबले
किर्ते मायाँ मा सहिछाप गराएर कहाँ हुन्छ।।
मुक्तक
नसकेर चिन्न मैले,दियो बालें, मान्छे नै रेछ
म त भगवान ठानेर पुज्न थालें,मान्छे नै रेछ
मेरो समर्पणलाई,एहोहोरो लुटी रह्यो उस्ले
अनि मैले राक्षसी सम्झेर ढालें,मान्छे नै रेछ
नाम:अनुप घिमिरे 
ठेगाना:गोदावरी नगरपालिका 13 झरुवाराशी
प्रतिक्रिया:

Leave a Reply

Your email address will not be published. Required fields are marked *