प्राकृतिक प्रकाेप र भाैगाेलिक विकटताकाे कारण खाली हुदै इकुडाेल

समाज
SHARE:
अनुप घिमिरे । हाल ललितपुर जील्लाकाे बागमती गाउपालिका वडा न ५ साबिक को इकुडोल वडा न ६ को बस्ती पातलिदै जाने क्रम जारी छ । करिब २० बर्ष अगाडि अन्दाजी ५० घरधुरी भयको उक्त वडा मा हाल मुस्किल ले १० घरधुरी रहेको पाहिन्छ भने अझै बसाइँ सर्ने चाजोपाजो मिलाउदै छन वडा बासीहरु ।
बसाइँसराइ को मुख्य कारण भने प्राकृतिक प्रकोप रहेको पाहिन्छ कतै चट्याङ को कारण बसाइँसराइ भयको पाहियो भने कतिपय घरधुरी भने भौगोलिक बिकटता भयकै कारण बसाइँ सर्न बाध्य भयको गुनासो सुन्न सकिन्छ । बिकटता मा निकटता भनेझै उक्त वडा मा हाल मोटरबाटो भने पुगेको छ । जनगुनासो सुन्ने हो भने बर्खा को समयमा धेरै टाढा बाट भारी बोक्नु पर्ने । दैनिक उत्पादित तरकारी र दुध बेच्न कै लागि  २ घण्टा सम्म धाउनुपर्ने समस्या र विद्यार्थी हरु बिद्यालय जान कम्ती मा १ घण्टा लाग्ने र साना नानिबाबु हरु जान नसक्ने उकालो र ओरालो गर्न समस्या रहेकै कारण बसाइँ सर्न बाध्य भयको सुन्न सकिन्छ ।
उक्त वडा को तल्लो गोठ भन्ने गाउँ भने पुर्ण रुप मा खाली भैसकेको छ ।प्राकृतिक प्रकोप चट्याङ को डर रहेको उक्त गाउँ मा २०७२ को बिनासकारी भुकम्प पहिले केही मात्रा मा बस्ती रहेको थियो तर भुकम्प को कारण उक्त गाउका धेरै जग्गा मा घर बनाउन सक्ने अवस्था रहेन कतै पहिरो को डर त कतै चट्याङ को डर भयकै कारण उक्त गाउँ पुर्ण रुप मा बिस्थापित भयको पाहिन्छ। पढ्न नजिकैको बिद्यालय भनेर चिनिने जन जागृती मा बि पुग्न १ घन्टा लाग्छ उकालो र ओरालो खेप्दै बिद्यालय स्थर को शिक्षा हासिल गरेपछी उच्च शिक्षा को लागि उक्त बिद्यालयमा शिक्षा सङकाय र ब्यबस्थापन सङकाय मा पढाइ हुन्छ भने अरु पढ्न चाहने हरु ले गाउँ छोडेर सहर पस्न बाध्य हुन्छन युवा पुस्ता उच्च शिक्षाकै लागि सहर पस्न थालेपछी बृद्धअवस्था का आमाबाबु काम गर्न नसक्ने र खानकै लागि पनि बर्खा भारी बोक्नु पर्ने समस्याको कारण बसाइँ सर्नु पर्ने बाध्यता उनिहरु को छ । उक्त समस्या को समाधान को लागि गाउँ मै रोजगार को ब्यवस्था गर्ने हो र युवा लक्षित कार्यक्रम ल्याउने हो भने केही हद सम्म मानिस गाउँ फर्किने अनुमान लगाउन सकिन्छ साथै कृषि कार्यक्रम गरि युवा लक्षित कृषि तथा पशुपालनमा जोड दिने हो भने गाउँ को बसाइ केही हद सम्म निरन्तरता दिन सक्ने देखिन्छ ।
प्रतिक्रिया:

Leave a Reply

Your email address will not be published. Required fields are marked *