स्वागत गरौ नयाँ बर्ष लाइ

समाज
SHARE:

अनुप घिमिरे ।  नेपाली ले हर्सोलास को साथ नयाँ बर्ष मनाउन नपायको धेरै बर्ष बित्यो बि स २०७२ साल को भुकम्प पछाडि का बर्ष हरु प्राय दुख र प्राकृतिक प्रकोप अनि रोग को त्रास मा गुजार्न बाध्य छौ हामी नेपाली। पहिले जस्तो कोइली को मीठो स्वर प्राय गुन्जिन छोडिसकेको छ । पानी नपरेको कारण जङ्गल सबै उजाडियको छ भने पानी को मुहान दिनानुदिन सुक्दै छन कतै डढेल्लो त कतै रोगको त्रास कायम छ । हर्सोलास लियर आवस नया बर्ष भन्दै गुहार्नु बाहेक केही सक्दैनौ हामी । कोरोनाको त्रास मै बि स २०७७ साल गयको पत्तै नपाउदै अर्को साल को स्वागत गर्ने बेला भैसकेको छ । अब को नयाँ बर्स पहिलेको भन्दा खुसी लियर आओस यहि प्राथना छ ।

कसैलाइ रोग, भोक र शोकमा डुब्नु नपरोस भगवान को कृर्पा परोस सबैमा मन शान्त होस । हरेक दुख लाई खुसीमा व्यक्त गर्ने शक्ति प्राप्त गर्न सकौ यहि आशा र भरोसा का साथ नयाँबर्ष लाई स्वागत गर्न आतुर छौ हामी नेपाली । सबैलाइ कोइलिको स्वर सुन्न मन छ, कतै काफल त कतै मड्डिल्लो पाकेको हुन्थो पहिला तर आज न त पानी पर्छ न काफल र मड्डिल्लो नै पाक्छ । वायु प्रदुषण को कारण घर बाहिर निस्किन समस्या रहेको छ ।यस्ता सम्पुर्ण समस्याको समाधान सहित हर्सोल्लासको बर्ष होस नयाँबर्ष यहि कामना सहित स्वागत छ नयाँबर्ष लाइ……..

 

प्रतिक्रिया:

Leave a Reply

Your email address will not be published. Required fields are marked *