आई लिगमा किरण सम्मिलित टोलीको जित

खेलकुद
SHARE:

काठमाडौं : राष्ट्रिय फुटबल टोलीका गोलकिपर एवंम् कप्तान किरण चेम्जोङ सम्मिलित पन्जाब एफसीले भारतीय (आई) लिगमा बुधबार जित हासिल गरेको छ । घरेलु मैदानमा भएको खेलमा नेरोकालाई ३–२ ले हराउँदै पन्जाबले लिगमा चौथो जित हासिल गरेको छ ।

१० खेलमा ४ जित, ५ खेलमा बराबरी गरेको पन्जाबले एक खेल गुमाएको थियो । १ खेल कम खेलेको मोहन बगान २० अंकसहित शीर्षस्थानमा रहँदा १७ अंक जोडेको पन्जाब दोस्रो स्थानमा यथावत छ ।घरेलु मैदानमा पन्जाबका लागि डिपान्डा डिकाले ह्याट्रिक पुरा गरेको थिए ।

प्रतिक्रिया:

Leave a Reply

Your email address will not be published. Required fields are marked *