मस्तिष्कघातको उपचार

विचार / दृष्टिकोण
SHARE:

ब्रेनस्ट्रोक (पक्षघात/मस्तिष्कघात) बिरामीलाई जीवनभरका लागि अशक्त बनाउन सक्ने वा ज्यान नै लिन सक्ने एक जटिल मेडिकल अवस्था हो । हाम्रो समाजमा प्यारालाइसिस (शरीरको कुनै भाग नचल्ने) भनेर बुझ्ने यो रोगमा यसका अतिरिक्त बोल्न नसक्ने, मुख बाङ्गिने, दृष्टिमा कमी आउने, बेहोश हुने तथा असन्तुलित हिँडाइ हुनेजस्ता लक्षणहरू पनि हुन सक्छन् । उमेर पुगेपछि लाग्ने रोग भनेर विगतको धारणा भए पनि अहिलेको परिवर्तित जीवनशैलीका कारणले वयस्क मानिस पनि यो रोगबाट अशक्त हुन थालेको पाइन्छ ।

स्ट्रोक दुई किसिमको हुन्छ । एउटा मस्तिष्कमा रगत प्रवाह गर्ने रक्तनली बन्द वा अवरुद्ध भएर त्यो भागमा पर्याप्त मात्रामा रगत नपुगी त्यसका कोषहरू मर्दै जाने किसिमको स्ट्रोक हो । अर्को हेमोरेज हो, अर्थात् मस्तिष्कका नली विभिन्न कारणवश फुटेर मस्तिष्कमा रगत जम्ने अवस्था हो ।

प्रतिक्रिया:

Leave a Reply

Your email address will not be published. Required fields are marked *