के हो श्रीमती?

विचार / दृष्टिकोण शाहित्य/कला
SHARE:

श्यामलाल तिमी तिम्रो श्रीमती संग किन यति धेरै डराउछौं ? मैले मेरो कामदार लाई भने !

श्यामलाल: म, डराएको हैन मालिक ! उसलाई म सम्मान गर्छु, इज्जत दिन्छु ! यसरी जवाफ् दियो !

मैले हाँस्दै भने: त्यस्तो खास के छ तिम्रो श्रीमतिमा न राम्री छ न पढेलेखेकी नै छ !

श्यामलाल ले भन्यो: केही फ़रक पर्दैन मालिक कि उनी कस्तिछिन, तर मलाई सबैभन्दा प्यारो सम्बन्ध उनैसंग लाग्छ !

तिमि श्रीमतीको दास हौं ? मेरो मुखबाट फ्याट्ट निस्कियो ! र सारा जिबन श्रीमतीकै दास भएर बस्छौं यस्तो सम्बन्ध ले तिमिलाई केही फरक पार्दैन , मैले भने !

श्यामलाल ले धेरै सम्मान का साथ जवाफ दियो: मालिक, बाआमा आफन्त हुदैनन् , उहाँहरु भगवान् हुन्छन् ! उहाँहरुलाई सम्बन्ध नातेदार भनिन्दैन उहाँ हरुलाई पुजा गरिन्छ भाइ बहिनी संग सम्बन्ध जन्मजात नै हुन्छ !

तपाई र मेरो सम्बन्ध पनि पैसा र जरुरत को हो !
तर
श्रीमती संग हाम्रो केही नजिकको नातो सम्बन्ध नभएतापनी उनी सदैब को लागि मेरो हुन्छिन ! आफ्नो सारा आफन्तलाई पछाडि धाती राखेर र मेरो सबै सुख-दुखको लागि सहभागी हुन्छिन, अन्तिम सास सम्म !

म श्यामलाल को कुरा सुनेर छक्क परे !

उसले अरु थप्यो: मालिक ! श्रीमती एक्लै सम्बन्ध हैन किनकि उनी सम्पुर्ण सम्बन्धको भण्डार हो ! जब उनले मेरो सेवा गर्छिन, मेरो देखबाल गर्छिन हमेसा मेरो हेरचाह गर्छिन त्यसैले उनि आमा जस्तै हुन्छिन !

जब उसले मेरो उतार चढाब बुझ्छिन संस्कार राम्रोसँग पालना गर्छिन ! र त म मेरो सारा कमाइ उसको हातमा थम्याइ दिन्छु, किनकि म जान्दछु उनी हर हालतमा मेरो घरको राम्रो देखबाल गर्छिन ! तब उनी मलाई मेरो बुवा जस्ती लाग्छिन !

जब मेरो हेरचाह गर्छिन उनी पुलपुलिन्छिन मैले गल्ती गर्दा कराउछिन र सम्झाउछिन पनि ! जब मेरो लागि किनमेल गर्छिन तब उनी बहिनी जस्तै लाग्छिन !

जब म सँग नंया नयाँ फर्माइस गर्ने समय , नखरा देखाउछे ! निराश हुन्छे आफ्नो कुरा मनाउनको लागि जिद्दी गर्छे तब उनी छोरी जस्तै लाग्छ !

जब हामी सँगै सल्लाह गर्छौं , उनले नंया जुक्ति निकाल्छिन ! परिवार चलाउने उपाए सुझाउछे ! र हामी झगडा गर्दा साथी-साथी जस्तै लाग्छौ !

जब उनी सारा घरको हिसाब किताब ! घरको लागि किनमेल जस्तो जिम्मेवारी काम गर्छिन भने उनी एक मालिक्नी जस्तो लाग्छ !

र जब उनी सबै संसारलाई ढाटेर यहाँसम्म कि बच्चालाई पनि छाडेर मेरो अंगालोमा आउछिन ! तब , उनी श्रीमती , प्रेमिका , अर्धांगिनी मेरो प्राण हुन्छिन ! जो आफ्नो सबैकुरा म सामु सुम्पिदिन्छिन !

त्यसैले मैले उनको इज्जत गर्छु , यसमा के गलत छ मालिक !

म श्यामलालको कुरा सुनेर निशब्द भए !

एक अनपढ र सिमित साधनमा जिबन निर्बाह गर्नेवाला बाट जिबनको यहि मलाई एक नयाँ शिक्षा मिल्यो !!

प्रतिक्रिया:

Leave a Reply

Your email address will not be published. Required fields are marked *