एक पछि अर्को जटिलता थपिदा नेकपामा विवाद चुँलिदो, केन्द्रीय कमिटी बैठक अनिश्चित

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुनः विवादमा अल्झिएको छ । पार्टीभित्र बढ्दो विवादसँगै कोरोना महामारीको बहानामा कात्तिक १५ गतेका लागि तय भएको केन्द्रीय कमिटी बैठक पनि अनिश्चित भएको छ । नेकपामा यतिवेला भित्र-भित्रै अधिकारकै बाँडफाँटको कुरालाई लिएर भुसको आगो जसरी विवाद बढ्न थालेको छ । भदौ २६ गते सकिएको नेकपा स्थायी कमिटी बैठकले कात्तिक १५ […]

Continue Reading

आजदेखि तीन चरणमा यसरी खुल्दैछ लकडाउन (खुल्ने र बन्द रहने क्षेत्रको सूचीसहित)

कोरोना भाइरसको जोखिमका कारण गत चैत ११ गतेदेखि देशभर जारी बन्दाबन्दी (लकडाउन) आज बिहीबारदेखि खुकुलो हुने भएको छ। हिजो राति अबेरसम्म बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन क्रमशः खुकुलो बनाउने निर्णय गरेको हो। तीन चरणमा लकडाउन खुकुलो पार्ने सरकारको योजना छ। पहिलो चरण आज बिहीबारबाट २१ दिन लागू हुनेछ। त्यसको स्थिति हेरेर १५ दिनसम्म दोस्रो चरण कार्यान्वयन […]

Continue Reading

बजार खोल्ने र जोरबिजोर प्रणालीमा गाडी चल्न दिने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं : सरकारले बजार खोल्ने र जोरबिजोर प्रणालीमा निजी सवारी साधनलाई चल्न दिने निर्णय गरेको छ। बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले बैठकले लकडाउनको मोडालिटी परिवर्तन गर्दै कोरोनाको अवस्था सामान्य भएका ठाउँमा जोरबिजोर प्रणालीमा गाडी चल्न दिने निर्णयसमेत गरेको एक मन्त्रीले जानकारी दिए। त्यसैगरी सुरक्षाका मापदण्ड अपनाएर पसल खोल्न दिने निर्णयसमेत मन्त्रिपरिषद् बैठकले […]

Continue Reading

राष्ट्रपति भण्डारीद्वारा फागुपूर्णिमाको शुभकामना

राष्ट्रपति विद्यादेवी भण्डारीले फागुपूर्णिमा (होली) को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले यस पर्वले सबै नेपालीमा खुशी छर्दै मौलिक संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्न प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ । रङहरुको पर्वका रुपमा देशैभर उत्साहका साथ मनाइने […]

Continue Reading

सहिदका छाेरा रतन तिरुवा जस्ले प्रचण्डलाई जुत्ताले हाने

पुर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि राष्ट्रियसभामा जुत्ता प्रहार भएको छ । यद्यपि उनलाई लागेन । नेकपा नेता भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा संबोधन गरेर सिटमा फर्किने क्रममा दर्शकदीर्घाबाट उनलाई ताकेर जुत्ता प्रहार भएको हो । तर जुत्ता मञ्चसम्म नपुगेकाे बताइएको छ । जुत्ता प्रहार गर्ने व्यक्तिलाई सुरक्षाकर्मीले नियन्‍त्रणमा लिएको छ […]

Continue Reading

किताबको करविरुद्ध देशभर नेविसंघको प्रदर्शन

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले सरकारले पुस्तकमा लगाएको कर फिर्ता लिनुपर्ने माग राख्दै देशभर प्रदर्शन गरेको छ।   नेविसंघले सरकारले हालै आयातित पुस्तकमा १० प्रतिशत कर लगाउने निर्णय गरेपछि नेविसंघले विरोध गर्दै आइरहेको छ।  नेविसंघले किताबमा लगाइएको करसँगै इन्धनमा गरिएको मूल्यवृद्धि फिर्ता लिनुपर्ने, भ्रष्टाचारीलाई कानुनी कारबाही गर्नुपर्ने, स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सुनिश्चितता गर्नुपर्ने […]

Continue Reading

कसरी मारिएका थिए, चार शहिद?

नेपालमा मृत्युदण्ड दिने कानुनको अन्त्य ४ साउन १९८८ मा तत्कालीन प्रधानमन्त्री भीम शमशेरले हटाई ‘अभियुक्तको गालामा डाम्ने’ व्यवस्था गरेका थिए । तर, त्यसपछि प्रधानमन्त्री बनेका जुद्ध शमशेरले तत्कालीन कानुनविपरीत राजद्रोह मुद्दाका अभियोगी शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथचन्द ठाकुर र गंगालाल श्रेष्ठलाई मृत्युदण्डको फैसला गरेका थिए । ‘भारदारीसभाले गरेको फैसला सदर नगरे तिनीहरुले पाउँदै आएको सूरा–सुन्दरी […]

Continue Reading

आजको प्रतिनिधिसभा बैठकमा अन्तरसम्बन्ध व्यवस्थापनसहित ७ वटा विधेयक पेस हुने

संघीय संसदअन्तरगत प्रतिनिधिसभाको बैठक आज दिउँसो एक बजे बस्दैछ । आजको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री र मन्त्रीहरूले विभिन्न विधेयकहरू छलफल तथा पारितका लागि प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ’संघ, प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक विचार गरियोस्’ भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची छ । त्यसैगरी उपप्रधान एवं रक्षामन्त्री […]

Continue Reading

ग्याल्बो ल्होसारको अवसरमा राष्ट्रपतिको शुभकामना

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पालगायत महायानी बौद्ध धर्मावलम्बी समुदायले फागुन शुक्लपक्ष प्रतिपदा तिथिका दिन नयाँ वर्षको रूपमा मनाउने ग्याल्बो ल्होसार पर्वको अवसरमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना दिनुभएको छ । ग्याल्बो ल्होसार नेपाली संस्कृतिकै एक महत्वपूर्ण अङ्ग भएको उल्लेख गर्दै उहाँले यस्ता चाडपर्वले विविध संस्कृति अँगालेको नेपालीहरुका बीचमा सहिष्णुता, […]

Continue Reading

प्रदेश नंं २ की राज्यमन्त्री डिम्पल झाद्वारा राजिनामा

जनकपुरधाम, माघ १४ गते । प्रदेश नंं २ को भौतिक पूर्वाधार तथा विकास राज्यमन्त्री डा. डिम्पल झाले मंगलबार आफ्नो पदवाट राजिनामा दिनु भएको छ । प्रदेश सरकारको कामकाजप्रति असन्तुष्टि जनाउदै राज्यमन्त्री झाले मुख्यमन्त्री लालबाबु राउतलाई आफ्नो पदबाट राजिनामा दिएको राजिनामा पत्र बुझाउनु भएको छ । राजपाका नेत्री समेत रहनु भएका राज्यमन्त्री डा. झा विगत देखिनै […]

Continue Reading